|
फोटो : भुपाल थापा

  • भुपाल थापा 

कपिलवस्तु : नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखाको अध्यक्षमा डिलाराम भुसाल सर्वसम्मत चयन भएका छन्। छैंठौ जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित भएका भुसाल प्रेस सेन्टर नेपालका अध्यक्ष समेत हुन्।

महासंघको उपाध्यक्षमा प्रेस युनियनबाट सरोज अर्याल, महिला उपाध्यक्षमा प्रेस चौतारीबाट पार्वती पाण्डे, प्रेस चौतारीबाट सचिवमा हरि अधिकारी निर्विरोध चयन भएका छन्।

त्यस्तै, सहसचिवमा प्रगतिशिल पत्रकार संघका मोहन बेल्बासे, समावेशी सहसचिवमा शम्भु माली र कोषाध्यक्षमा दिपक खड्का निर्विरोध चयन भएको मुख्य निर्वाचन संयोजक रविन्द्रनाथ ठाकुरले जानकारी दिए।

कार्यसमिति सदस्यमा मनिष कार्की, अर्जुन बेल्बासे, रमेश मिश्र, जानु पाण्डे, संजिव गहतराज, रामप्रकट कोरी, सरस्वती पौडेल, मणी प्रसाद गैरे, वसन्त बन्जाडे, सनिउल्लाह धोवी र शारदा केसी चयन भएका छन्।

अधिवेशनले प्रदेश पार्षद्मा राजेश चौधरी, इमरान खां, जमुना शाह, स्वेता योगी, ओरीराम चौरसिया, सोनकली थारु, गोपाल भण्डारी, किरणमान बज्राचार्य, कृष्ण प्रसाद ढकाल, खग प्रसाद चापागाँइ, तुल्सीराम यादव, परशुराम यादव, लाल बहादुर भण्डारी, सिताराम चौधरी, बाबुराम रायमाझी, शरद अधिकारी, कमला बन्जाडे, कृष्ण श्रेष्ठ, केयर सिंह अदै, श्रृजना खनाल, लिलामणी आचार्य (शितल) र यज्ञ प्रसाद उपाध्यायलाई चयन गरेको छ।

केन्द्रीय पार्षद्मा वसन्त गिरी, नेत्र पन्थी, भेषराज पाण्डे, विकास बन्जाडे, निशा विश्वकर्मा, नन्दराम पौडेल, अर्जुन श्रेष्ठ, सरिता ज्ञवाली, मनोज पौडेल, शुसिला बेल्बासे, बनारसी बर्मा, मनोज श्रीवास्तव, शशिधर सापकोटा र माधवभाट क्षेत्री चयन भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.