|

भक्तपुर : निषेधाज्ञा खुकुलो बनाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिए पनि भक्तपुर नगरपालिका क्षेत्रभित्र भदौ ३१ सम्म सञ्चालन नहुने भएको छ।

भक्तपुर नगरभित्र बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगरपालिका र यातायात व्यवसायीबीच बिहीबार सम्पन्न बैठकले भदौ ३१ सम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको हो।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न बैठकले भक्तपुर नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नम्बर १, ७ र ९ मा चल्ने छोटो दूरीका यातायातहरू भदौ ३१ सम्म सञ्चालन नगर्ने निर्णय भएको हो। बैठकमा भक्तपुर नगरबाट सञ्चालन हुने विभिन्न यातायात समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसैगरी नगर प्रमुख प्रजापतिकै अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूबीचको बैठकले जिल्ला प्रशासन कार्यालय भक्तपुरले तोकिएको समयमा व्यवसायीहरूले मास्क, पञ्जा लगाई शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्न आ–आप्mनो तर्पmबाट पहल गर्ने निर्णय गरेको छ।

भक्तपुर नगरपालिकामा बिहीबारसम्म २१३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.