|

हेटौंडा : मकवानपुरको हेटौंडामा जारी सातौं  राष्ट्रपति रनिङ शिल्डमा छतिवन गाविसको महेन्द्र माविले जितेको छ। भलिबल, एथलेटिक्स र कव्वडीमा प्राप्त मेडलका आधारमा कुल एक सय ७६अंक ल्याई महेन्द्र माविले शीर्ष स्थान हासिल गरेको हो।

यस्तै छतिवन भीरकोटको जनक मावि १ सय ४५ अंक ल्याई दोश्रो र गत वर्षको विजेता छतिवन हात्तिसुढेको बुद्ध मावि १०१ अंकका साथ तेश्रो भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए।

मार्सल आर्टका खेलमा अंक नदिईने भएकाले भलिबल, एथलेटिक्स र कव्वडीका खेल सकिएसँगगै विजेता महेन्द्र माविलाई रनिङशिल्ड प्रदान गरियो। कब्बडीको छात्रतर्फ हेटौडा १० को ज्ञानदा मावि पहिलो हुँदा बालजागृती युवा वर्ष दोस्रो भयो। यस्तै महेन्द्र मावि छतिवन र जनक मावि भिरकोट तेस्रो भए।

कब्बडीमै छात्रा तर्फ भोजसिद्ध मावि हाँडीखोला प्रथम भयो भने महेन्द्र मावि छतिवन दोस्रो र बालजीवन ज्योती मावि हाँडीखोला र सूर्योदय मावि सरिखेत तेस्रो भए।छात्र भलिबलमा बज्रवाराही मावि पहिलो,रुपनारायण मावि वुद्धीचौर दोस्रो र नाटेश्वर मावि टौखेल तथा जनपृय मावि हटिया तेस्रो भए।

उत्कृष्ट खेलाडीहरुमा कब्बडीतर्फ ज्ञानदाका सुमन नेपाली र महेन्द्र माविकी सुनिता गोले , एथलेटिक्सतर्फ जनक मावि भीरकोटका सन्तराम माझी र रन्जिता फुयाँल  तथा भलिबलमा  बज्रबाराहीका देवेन्द्र बिडारी र कृष्ण आर्दशकी विपीसा श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भएका छन्।

विजेता खेलाडी तथा विद्यालयहरुलाई सासंद् राजाराम स्याङतानले पुरस्कार शिल्ड र मेडल तथा नगद पुरस्कार प्रदान गरे। पहिलो हुने विद्यालयले नगद १५ हजार सहित रनिङशिल्ड, दोश्रो हुनेले नगद १२ हजार  र तेश्रो हुनेले नगद ९ हजार सहिति ट्रफी प्राप्त गरेका छन्। पुरस्कार वितरण समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको हो।

मार्सल आर्टतर्फका खेलहरु भने यही महिना भित्र सम्पन्न गरिने समिति प्रमुख दाहालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.