|

लमजुङ : पर्यटकीय गाउँ भुजुङ गाउँबासीको भेलाले यस वर्षका लागि आन्तरिक कानुन बनाएको छ।

गाउँ भेलाले बनाएको कानुनले गाउँमा उत्पादित खाद्यान्न बालीको भाउ, मासुको भाउ, कामदारको दैनिक ज्याला, घिउ–महको मूल्य, चोया तथा ऊनबाट निर्मित विभिन्न हस्तकला सामग्रीको मूल्य तोकिएको छ। प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन समाजले भुजुङवासीलाई एक ठाउँमा भेला गरी एक वर्षका लागि कानुन बनाउँदै आएको छ।

तर, यस वर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण टोलटोलमा गई नीति नियम निर्माण कार्य सुरु गरिएको क्ब्होलसोथर गाउँपालिका–४ का वडाध्यक्ष खिमबहादुर गुरुङले वताए।

नौवटा टोल रहेको भुजुङ गाउँमा प्रत्येक टोलमा गई नीति निर्माण तथा छलफल गरिएको वडाध्यक्ष गुरुङले बताए । सो भेलाले यस वर्षका लागि बस्तुभाउ तथा अन्नबालीको मूल्य यथावत राखिएको भुजुङ रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कलबहादुर गुरुङले बताए। मकै थन्क्याएर कोदो रोपेपछि हरेक वर्ष भदौ अन्तिममा गरिने भएकाले यसलाई गाउँमा ‘भदौसभा’ भनिएको अध्यक्ष गुरुङले बताए।

भेलामा भदौसभापछि वर्षभरि आफ्नो परिवारले कसैमाथि नराम्रो नगरेको, नसोचेको, अधर्म नगरेको, चोरीडकैती नगरेको, बन्देज लगाइएका ठाउँमा चौपाया नछोडेको, बस्तुभाउलाई अरूको खेतीबालीमा पस्न नदिएको र अबको वर्ष पनि त्यस्तो हुन नदिने कसम खाने गरेको चलन छ। यस्तै, भेलाबाट कोभिड १९ संक्रमण जोखिम न्यूनीकरण नभएसम्मका लागि भुजुङ गाउँमा प्रवेशमा रोक लगाइएको छ।

भेलामा रीतिथिति व्यवस्थापन समितिका प्रतिनिधि, वडाध्यक्ष, आमा समूहका प्रतिनिधि, क्लबका प्रतिनिधिसँगै केही स्थानीयको उपस्थितिमा भौतिक दूरी कायम गरी निति निमार्ण तथा छलफल गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.