|

काठमाडौं : चितवनमा रुखको हाँगा काट्ने क्रममा दुईजना सैनिकको मृत्यु भएको छ। गणको कम्पाउण्डमा रहेको रूखको हाँगा काट्ने क्रममा कालिका नगरपालिका- ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुईजना सैनिकको शनिबार मृत्यु भएको हो।

रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले थाहाखबरलाई जानकारी दिए।

गोरखा घर भएका सुबेदार मेजर राजुबाबु श्रेष्ठको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको र अर्का सैनिक जवान साजन कुमालको भने भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

उनीहरुले काटेको रुखले करेन्ट प्रशारण भइरहेको तारलाई छोएपछि घटना भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.