काठमाडौं : भूपेन्द्र तुम्बाहाङफे र किरण चाम्लिङले निर्देशन गरेका म्युजिक सार्वजनिक भएको छ।
गायक साजन राईको स्वरमा रहेको ‘गाउँ घरै रमाइलो’ बोलको गीतको भिडियोमा ‘सुन साइँली’ बोलको गीतमा रुचाइएको जोडी गौरव पहारी र मेनुका प्रधानलाई एक साथ देख्न सकिन्छ। गीतको भिडियोमा उनीहरु प्रेमिल जोडीका रुपमा प्रस्तुत भएका छन्।
गीतमा रमेश कार्कीको शब्द तथा गायक राईकै संगीत छ। भिडियोलाई निर्देशक भूपेन्द्रले नै खिचेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।