|

कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ दुई साताअघि डिस्चार्ज गरिएका भारतीय गृहमन्त्री अमित शाहलाई पुन: अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई शनिबार राति नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो। 

संक्रमण देखिएको दुई सातापछि गरिएको परीक्षणमा उनी कोरोनामुक्त भएको पाइएको थियो। अहिले उनको स्वास्थ्य स्थिर रहेको बताइएको छ। यद्यपी‚ अस्पतालले आधिकारिक वक्तव्य दिएको छैन।

एक महिनाको अवधिमा उनी तेस्रोपटक अस्पताल भर्ना भएका हुन्। अधिक थकान र ज्यान दुख्ने समस्या देखिएपछि बीचमा पनि एकपटक उनलाई अस्पताल भर्ना गरिएको थियो। संक्रमण पुष्टि भएयता उनले १३ दिन अस्पतालमा बिताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.