|

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ। 

दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ। नागपुचे र भीरखर्कको पहिरोमा शव भेटिएकाहरुमा ६२ वर्षिया भक्तीमाया श्रेष्ठ, २३ वर्षिया जुनु विक, २४ वर्षिय सुकलाल बिक, २४ वर्षका सन्देश बिक, ८ वर्षिया सर्किनी नेवार,   ६५ वर्षका धनलाल नेवार र ६५ वर्षीय ल्याप्सी शेर्पा रहेका छन्।  पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकरी दिए।  

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको डिएसपी सापकोटाले बताए।  बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २ सय २२ घर जोखिममा परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.