|

सर्लाही : सर्लाही प्रहरीले शनिबार राती पर्सा गाउँपालिकाबाट झण्डै दुई सय किलो गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

जिल्लाको बाँके–संग्रामपुर सडक हुँदै भारततर्फ लैजानका लागि रोकिराखेको गाँजासहितको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए। अहिले प्रहरीले गाँजा ओसारपसारमा संलग्न व्यक्ति र ट्रक धनीबारे थप सोधखोज तथा अनुसन्धान गरिरहेको छ।

कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन तथा निषेधाज्ञाका बेला पनि जिल्लाका विभिन्न ठाउँबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.