निषेधाज्ञा फेरि लम्ब्याइयो

|

बर्दिया : कन्ट्याक ट्रेसिङमा परेका बर्दियाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा बर्दियाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो।

यसअघि बाँसगढीमा अवस्थित सिजी ग्रुपका कर्मचारीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक ट्रेसिङ गरिएको थियो। आज संक्रमण पुष्टि भएका मध्ये ३६ पुरुष र २५ महिला छन्। तीमध्ये ५८ जना बाँसगढी नगरपालिकाकै हुन्। ३ जना भने बढैयाताल गाउँपालिका हुन्। 

योसँगै बर्दियामा संक्रमित कुल संख्या ५ सय १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। कुल संक्रमितमध्ये ३ सय ३२ जनाले भने कोरोना जितेका छन्। 

स्वाब संकलन गरिएका मध्ये २ सय ६ जनाको भने नतिजा आउन बाँकी छ। बर्दियामा पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेको छ। 

बाँसगढीमा ३ दिन निषेधाज्ञा थप 

बर्दियाको बाँसगढी नगरपालिकामा लागु गरिएको निषेधाज्ञा ३ दिन थप गरिएको छ। यसअघि भदौ २८ गते अर्थात् आजसम्म लागु गरिएको निषेधाज्ञा भदौ ३१ गते मध्येरातसम्म लम्ब्याइएको बर्दियाका प्रसाशसकीय अधिकृत नारायण ढकालले बताए। 

बर्दियाको बासगढीमै सिजी ग्रुपका कर्मचारीमा एकै पटक ४२ जनामा कोरोना देखिएपछि आइतबारबाट बाँसगढी सिल गरिएको थियो। यसअघि शनिबार मात्रै बर्दियाको ठाकुरबाबा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको भुरिगाउँ शाखामा कार्यरत १ पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वाणिज्य बैंक आज बिहानैबाट सिल गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.