टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले फ्रान्सेली समकक्षी एमानुयल माक्रोनलाई टर्कीसँगको विवादमा नमुछिन चेतावनी दिएका छन्।
पूर्वी भूमध्य सागरमा प्राकृतिक संसाधन दोहनलाई लिएर यतिखेर टर्की र ग्रीसबीच सम्बन्ध निकै खराब बनेको छ। ग्रीसलाई सहयोग गर्न फ्रान्सले गत महिनादेखि नै युद्धपोतसहित लडाकु विमान पठाएको छ।
यो कदमबाट चिढिएका टर्कीका राष्ट्रपतिले फ्रान्सलाई निहुँ नखोज्न र खेलबाड नगर्न चेतावनी दिएका हुन्। सन् १९८० मा तख्तापलट भएको ८० औं वर्षगाठमा बोल्दै राष्ट्रपति अर्दोआनले यस्तो चेतावनी दिएका हुन्।
गत महिनादेखि नै फ्रान्सले टर्कीमाथि खुलेआम तिक्तता पोख्न थालेको थियो। पूर्वी भूमध्य सागरमा टर्कीले नौ सैनिक उपस्थिति बढाएसँगै फ्रान्स ग्रीसको पक्षमा देखिएको छ।
जर्मनीले अहिले ग्रीस र टर्कीबीच देखिएको विवाद समाधानमा मध्यस्थता गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।