|

काठमाडौं : फ्रान्सको लिग वन फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणको खेलमा रेफ्रीले डेढ मिनेटभित्र पाँच खेलाडीलाई रेडकार्ड देखाएर मैदान बाहिर पठाएका छन्। ​

चिरप्रतिद्वन्द्वी मार्सेली र पिएसजीबीचको भिडन्तमा नेइमारसहित पाँच खेलाडीलाई रेडकार्ड देखाइएको हो। खेलको इन्जुरी समयको ९७ देखि ९९ मिनेटभित्र दुई टिमका खेलाडी आपसमा भिडेपछि रेफ्रीले यस्तो अप्रिय निर्णय लिएका हुन्। 

रेड कार्ड पाउने खेलाडीमा पिएसजीका तीन र मार्सेलीका दुईजना  छन्।  यो खेलममा मार्सेलले पीएसजीलाई १–० गोल अन्तरले हरायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.