|

कञ्चनपुर : राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा आइतबार साँझ मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय भण्डारी गम्भीर घाइते भएका हुन्। भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइललाई  से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताए।

भण्डारीको भण्डारीको घाँटी, पाखुरा र छातीमा चोट लागेको छ।  भण्डारीसँगै मोटरसाइकलमा रहेका २४ वर्षीय करन ठगुन्ना समेत घाइते भएका छन्। 
ट्रकका चालक फरार रहेका छन्। ठक्कर दिने ट्रक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.