|

काठमाडौं : कोरोना भाइरसबाट अत्यधिक प्रभावित भारतमा हिजो मात्रै थप ९३ हजार २ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। 

पछिल्लो तथ्याङ्क अनुसार भारतमा हिजो थप ११ सय ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ हजार ७ सय ५४ पुगेको छ भने हालसम्म ४८ लाख ४५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ। 

यसैगरी अमेरिकामा हिजो झण्डै ३० हजार जना नयाँ संक्रमित थपिँदा ३ सय ४६ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएपनि अमेरिकामा पछिल्लो समय संक्रमण दर ह्वात्तै घटेको छ। 

अमेरिकामा ६७ लाख बढीमा संक्रमण पुष्टि हुँदा झण्डै २ लाखको मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा हिजो मात्रै साढे १४ हजार जनामा संक्रमण भेटिँदा ३ सय ८९ जनाको मृत्यु भएको छ। मेक्सिकोमा थप ४ सय २१ जनाको मृत्यु भएको छ।

कोलम्बियामा १ सय ९०, रुसमा ९४ तथा अर्जेन्टिनामा ८९ जनाको थप मृत्यु भएको छ। यससँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ९१ लाख ६५ हजार १ सय ९७ पुगेको छ भने ९ लाख २७ हजार ८ सय ३ जनाको मृत्यु भइसकेको छ। विश्वभर कोरोना भाइरसलाई जितेर घर फर्कनेको संख्या २ करोड १० लाख ५ हजार ६ सय २२ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.