|

बागलुङ : बागलुङको जैमिनीनगरपालिका–१ कुश्मीशेरा,टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन्।

बागलुङ–कुश्मीशेरा सडक माथिबाट आएको पहिरोमा पुरिएका दाटुनीबोटका ७० वर्षीय हरिकृष्ण पौडेल अझै फेला परेका छैनन्‌। उनको परिवारका अन्य तीन जना सदस्यले भने भागेर ज्यान जोगाएका स्थानीयले जानकारी दिएका छन्‌। 

सोही स्थानमा आइतबार पहिरो खस्दा एक जनाको मृत्यु भएको थियो। सोही पहिरोले सोमबार पनि तीन घरमा पुर्‍याएको हो। घरमा रहेका सबैलाई रातको समयमा अत्याधिक वर्षा भएपछि स्थानीयले राती नै अन्यत्र सारेका थिए।​

घटनास्थल पुग्ने सडक तथा पैदलमार्गमा समेत ठुलो पहिरो झरिरहेकाले प्रहरी चौकी कुश्मीशेराको समूह घटनास्थल पुग्न सकेको छैन। पहिरो झरिरहेकाले जोखिम रहेको वडासदस्य रुद्रनाथ शर्माले बताएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.