|

डोल्पा : ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँचिएको छ। सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्रीहरु बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्रयाक्टरको भार थाम्न नसकेर पुल भाँचिएको हो।

ट्रयाक्टर बीच भागमा पुगे लगत्तै काठको पुल भाँचिएको हो। ट्रयाक्टर अहिले पुलको बीचमै फसेको स्थानीय बीर्खबहादुर रोकायले जानकारी दिए। काठेपुल भाँचिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ।

पुल भाँचिएपछि अत्यावश्यक कामले सदरमुकाम दुनै हिँडेका बिरामी, सर्वसाधारण १३ किलोमिटर सडकमा दुईवटा गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।

तीन करोडको पुल खोई ?

तत्कालीन जिल्ला विकास समितिको तीन करोड रुपैयाँ लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने २०७३ सालमा यही खोलामा पक्की मोटरेबल पुलको निर्माण शुरु गरेको थियो।

मित्र संजीवनी कन्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्षभित्र पुलको निमार्ण कार्य पूरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिमबहादुर बुढालाई दिएका थिए। पुल निर्माणको ठेक्का पाएको पाएको मित्र संजीवनीका प्रोप्राइटर गौरी उप्रेतीका डोल्पा प्रतिनिधि बुढाले आफूहरुले काम गरेको रकम समेत हालसम्म नपाएकाले काम रोकिएको बताए।

बुढाले पेश्की बापत लिएको रकमले ढुङ्गा, गिट्टी र बालुवा संकलन तथा पुलको दुवैतर्फको पिलर र खाल्डो खन्ने काममा गरिएको बताए। तत्कालीन जिल्ला विकास समितिबाट पुल निर्माण शीर्षकमा दुई करोड ७० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दावी छ।

पुल २०७४ चैतमा निर्माण गरिसक्नुपर्ने भए पनि तीनपटकसम्म म्याद थप गर्दा समेत सकिएको छैन। 

जोखिमोलेर सवारी यात्रा

समयमै पुलको निमार्ण कार्य पूरा नहुँदा अहिले सदरमुकाम दुनै भित्रिने यातायातका साधनहरु काठेपुलबाट जोखिम मोलेर ओहरदोहर गर्दै आइरहेका छन्।

काठको पुलबाटै गाडीहरु वारपार गर्दा कुन दिन ठूलो मानवीय दुर्घटना हुने जिप चालक सुशील कठायतले बताउँछन्। दुर्घटनापछि चिन्ता व्यक्त गर्नुभन्दा समयमै पुल निर्माण गरेर सहजरुपमा यातायात संञ्चालगर्ने बाताबरण मिलाउन उनले माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.