|

बागलुङ : दुई दिन यता निरन्तर भैरहेको वर्षाका कारण कमजोर जमिन भत्केर पहिरो जाँदा बागलुङको जैमिनी नगरपालिकामा ठूलो क्षति भएको छ।

आइतवार मात्रै दुई जनाको ज्यान लिने गरी वडा नं. १ र ५ मा आएको पहिरोमा परी ८ जना घाइते भए भने ४ घर विस्थापित भए। सोमबार बिहानै आएको पहिरोका कारण वडा नं. १ टुनिबोटमा एक जना बेपत्ता भएका छन्। पाँच घर पहिरोले पुरेको छ। 

रातको समयमा नै भागेर पाँच घरका सर्वसाधारणले ज्यान जोगाए। वडा नं. १ टुनिबोटमा घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन्। 
परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।  

जैमिनी नगरपालिकाकै वडा नं. ७ जैदिमा चार घर पहिरोको उच्च जोखिममा छन्। वडा नं. १० को राङ्खानीमा ढाँड र चिन्ने गाउँका ३० घर पहिरोको उच्च जोखिममा छन्। 

अत्याधिक वर्षा पछि पहिरोले खोला थुनिएर सिर्जित बाढीका कारण गाउँनै जोखिममा रहेको स्थानीय दिल प्रसाद पौडेलले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.