|

जनकपुरधाम : धनुषामा एक प्रहरी हवल्दार मध्यरातमा महिलासँग रंगेहात पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार प्रेम नेपाली महिलासँग पक्राउ परेका हुन्।

शहीदनगर नगपालिका ३ यदुकूहास्थित एक दलित महिलाको घरबाट हवल्दार नेपालीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। आवश्यक कारबाहीका लागि हवल्दार नेपालीलाई राति नै स्थानीयले यदुकूहा प्रहरी कार्यालयमा बुझाएको वडाध्यक्ष नागेन्द्र मण्डलले जानकारी दिए।

‘प्रहरीको घरमा पुगेपछि महिलाले चोर-चोर भन्दै हल्ला गरिन्, वडाध्यक्ष मण्डलले भने, ‘त्यसपछि स्थानीय उनको घर पुगेपछि ट्वाइलेटमा लुकेको अवस्थामा प्रहरी हवल्दार समातिए। त्यसपछि उनलाई प्रहरी कार्यालयमा स्थानीयले बुझायो।’

उनका अनुसार ती महिलाको घरमा राति कोही थिएन। महिलाको श्रीमान् वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। घरमा कोही नभएको मौका छोपेर प्रहरी हवल्दार नेपाली गलत नियतले उनको घर पुगेको देखिन्छ। समातिएका प्रहरी हवलदारलाई निलम्बन गर्नुपर्ने उनको भनाइ छ।

यदुकूहाका इन्सपेक्टर दीपकबाबु केसीले घटनाको विषयमा अनुसन्धान गरिरहेको बताए। उनले रातिको समयमा नशा सेवन गरी महिलाको घरमा पुग्नु गलत भएको भन्दै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयमा पत्राचार गर्ने बताए।

उनले भने, ‘असुरक्षाका कारण महिलालाई पनि प्रहरी कार्यालयमै राखेका छौं। शौचालय जाने बहानामा प्रहरी हवल्दार घर पसेको भनेर महिलाले भनेकी छन्। थप कुरा बुझ्दैछु।’

प्रहरी हवल्दार घर पसेको थाहा पाएपछि ती महिलालाई घरमा बस्न नदिने उनका आफ्न्तले बताइरहेका छन्। वडाध्यक्ष मण्डलले भने, ‘महिलाको श्रीमान ३ दाजुभाई छन्। घरमा बसिरहेका दुई दाजुभाइले अब उनलाई घरमा बस्न नदिने भन्छन्। घटनापछि महिला अन्यायमा परेकी छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.