|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ति हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्‍विटरमार्फत घिसिङको पुन: नियुक्ति हुनेमा विश्वस्त रहेको बताएका हुन्।

आइतबारबाट उनको पदावधि सकिएको भए पनि पुन: नियुक्ति हुनेमा विश्वस्त रहेको प्रवक्ता श्रेष्ठले बताएका छन्। घिसिङले नेपालको ऊर्जा क्षेत्रमा पुरर्‍याएको योगदान कहिल्यै जनताले भुल्न नसक्नेसमेत बताएका छन्। उनले ऊर्जा क्षेत्रमा अझै आवश्यकता रहेको हुनाले पुन: नियुक्ति हुनुपर्ने औल्याएका छन्।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्‍याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्, उनले भनेका छन्, नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुन: नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।

प्राधिकरणका निर्देशक घिसिङको पदावधि आइतबार सकिएको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति गर्ने सम्भावना रहेको बुझिएको छ। घिसिङको नेपाललाई लोडसेडिङमुक्त बनाएर जनप्रिय भएका छन्। घिसिङको पुन नियुक्तिको चौतर्फी क्षेत्रबाट माग भइरहेको छ। निरन्तर घाटामा गइरहेको विद्युत् प्राधिकरणलाई उनले फाइदामा समेत पुर्‍याएका छन्।

घिसिङको पुन: नियुक्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि सहमति बनिसकेको बुझिएको छ। जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा उनले घिसिङलाई प्राधिकरणमा नियुक्ति गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.