|

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। 

बागलुङ नगरपालिका–१४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरूको संख्या ४३ पुगेको छ। 

एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गरेका छन्। 

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो। 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.