|

लमजुङ : जिल्ला प्रशासन कार्यालय लमजुङले कोरोना भाइरसबारे गलत प्रचार गरेका व्यक्तिलाई कारबाही गरेको छ।

प्रशासन कार्यलयले सामाजिक सञ्जालसँगै कोरोना संक्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गरेका तीनजनालाई कारवाही गरेको हो।

कारबाहीमा पर्नेमा  बेसीसहर नगरपालिका– ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र ११ का २९ वर्षीय पुरुष रहेका छन्। उनीहरूलाई प्रशासन कार्यालयमा बोलाएर कारबाहीस्वरूप प्रतिव्यक्ति पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

उनीहरूले अनावश्यक रुपमा कोरोना रोगको गलत प्रचार सँगै कोरोना संक्रमितको परिवार र समाजमा अनावश्यक भ्रम फैलाएकाले कारबाही गरिएको प्रजिअ शर्माले बताए।

संक्रामक रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरूलाई ६ महिनासम्म कैद सजाय हुने भए पनि पहिलोपटक भएकाले कारबाहीस्वरूप उक्त जरिवाना लिएर  छाडेको  प्रशासनले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.