|

काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकबारे निर्णय लिन ढिलाइ गरेको छ। निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे अवधि आइतवार सकिएको छ।

यस्तोमा सरकारले आजको मन्त्रिपरिषद्‍बाट नयाँ कार्यकारी निर्देशन नियुक्त गर्ने अपेक्षा गरिएको थियो। तर एकजना मन्त्रीका अनुसार विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे मन्त्रिपरिषद्‍मा एजेण्डा नै थिए।

प्राधिकरणको कार्यकारी निर्देशका नियुक्तिको प्रस्तावसमेत ऊर्जामन्त्री वर्षमान पुनले आजको बैठकमा लगेका थिएनन्। 'आज प्राधिकरणको नयाँ कार्यकारी निर्देशकबारे विस्तृत छलफल भएन', ती मन्त्रीले थाहाखबरसँग भने, 'कुलमान घिसिङलाई दोहोर्‍याउने या नयाँ व्यक्तिलाई अवसर दिने निर्णय अर्को क्याबिनेटमा हुन सक्ला।'

स्रोतका अनुसार कुलमानको नाममा सामान्य चर्चा भए पनि नियुक्तिकै लागि छलफल भएन। प्रधानमन्त्रीले यसबारेमा कानुनी पाटो पनि हेरेर निर्णय लिइने बताएका थिए।

१८ घण्टासम्मको लोडसेडिङ हटाएर देशभरको विद्युत् प्रणाली सुधार गर्दै प्राधिकरणलाई नाफामा लैजान सफल भएकाले जनस्तरबाट कुलमानलाई नै दोहोर्याउनुपर्ने दबाब सरकारमाथि छ। 

तर कुलमान या अन्य व्यक्तिबारेमा प्रधानमन्त्री केपी शर्मा ओली अझै निर्णयमा पुग्‍न नसकेको स्रोत बताउँछ। यद्यपि ऊर्जामन्त्री पुनले कुलमानलाई नै प्राधिकरणमा दोहोर्‍याउने बताउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.