खेलकुद

आईपीएल : पाकिस्तानबाहेक विश्‍वका १२० देशमा लाइभ

भदौ ३०, २०७७

    विश्‍वको सर्वाधिक लोकप्रिय घरेलु क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग(आईपिएल) को १३ औं सिजन दुबईमा हुँदै छ। यो छोटो सँस्करणको प्रतियोगिता भारतमा कोरोना भाइरसको महामारीका कारण यस पटक दुबईमा गरिने भएको हो।

    प्रतियोगिताको लाइभ टेलिकास्ट पाकिस्तानबाहेक १२० देशमा हुने जनाइएको छ। स्टार इन्डियाले यो पटक प्रसारण अधिकार प्राप्त गरेको छ। भारतमा हिन्दी र अंग्रेजी भाषामा प्रसारण हुने छ। त्यस्तै तमिल, तेलेगु, कन्‍नड, बंगाली, मलयाम र मराठीमा पनि कमेन्ट्री हुने जनाइएको छ।

    २० हजार टेस्ट हुने

    १९ सेप्टेम्बरबाट सुरु हुने  खेलमा साविक विजेता  मुम्बई इन्डियन्स र चेन्‍नई सुपर किङ्स बिच पहिलो खेल हुने छ। प्रतियोगिता अघि बायो-सिक्योरका आधारमा मुम्बईका कप्तान रोहित शर्मासहित सबै खेलाडीको कोरोना टेस्टका लागि स्याम्पल लिइएको छ।

    खेलाडी तथा सपोर्ट स्टाफमा कोरोना टेस्ट हरेक पाँच दिनमा एकपटक गरिने छ। प्रतियोगिताका क्रममा २० हजार टेस्ट हुने जनाइएको छ। कोरोना टेस्टका लागि मात्रै बिसिसिआईले १० करोड भारतीय रुपैयाँ छुट्याएको छ। बुधबारसम्म ३५ सय टेस्ट भइसकेको जनाइएको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]