|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत डा.मजर जाभेदबीच मंगलबार शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुइ देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो। 

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे। उनले मानवजातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिँदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे। 

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका सांसदबीच सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जाभेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गरे। 

कोरोनाका कारण सात महिना यता दुई देशका सांसदबीच नियमित कामसमेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.