|

धनगढी : धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। 

बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहराले बझाङ देउलिकोट घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो। 

भदौ २६ गते किशोरीले दिएको जबरजस्ती करणीका जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान थालेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।  

पक्राउ परेका बोहरा बित्थडचिर गाउँपालिका–१ मा रहेको कालिका बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.