|

पर्वत : कास्कीको पोखरामा एक जना ७० वर्षीय पुरुषको मृत्यु भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ३१ पुगेको छ। 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार ती पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा सोमबार राति करिब सवा ११ बजेको समयमा मृत्यु भएको हो।

उनी भदौ २५ गते उपचारको लागि मणिपालमा भर्ना भएकोमा भदौ २८ गते सङ्क्रमण पुष्टि भएको थियो। ती पुरुष क्यान्सरका बिरामी रहेको पनि निर्देशनालयले बताएको छ।

पोखरामा कोरोना सङ्क्रमण रहेको अवस्थामा निजी अस्पतालमा मृत्यु भएका यी दोस्रो पुरुष हुन्। यस अगाडि फिस्टेल हस्पिटलमा क्यान्सर र मिर्गौलाको रोगबाट पीडित ४७ वर्षीया महिलाको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.