|

दाङ :  दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १० नारायणपुर उत्तर अम्रराईका ४ वर्षीया रेणुका चौधरी, ८ वर्षीय प्रशान्त चौधरी र ३ वर्षीय अमृत चाधैरीको कुलोमा पानी तान्न राखिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

सोही ठाउँको एक घरमा मृत्युपश्चात् शुद्धशान्ति कार्यक्रममा पानी तान्न कुलोमा मोटर जडान गरिएको र त्यही कुलोमा बालबालिकाहरु खेल्दा करेन्ट लागेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए। 

‘उनीहरुलाई कति बेला करेन्ट लागेको हो, कसैलाई थाहा भएनछ , करिब २ बजेतिर एक जना बच्चाले कुलोमा उनीहरुलाई देखिपछि सबैले थाहा पाएछन्,’ डिएसपी खड्काले भने। शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.