|

 काठमाडौं : नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर २० मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हाे।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लाेकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडकाे भूकम्पको धक्का महसुस भएको हाे।

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु रहेको ६.० ML को भुकम्प २०७७ भाद्र ३१ गते बिहान ५.१९ मिनेटमा ।
स्रोतः राष्ट्रिय भुकम्प मापन केन्द्र
An #earthquake of ML 6.0 epicenter #Sindhupalchok, #Nepal at 5:19 am on 16 September 2020.
Source: National Seismological Center pic.twitter.com/fhaAAmgcEn

— NDRRMA (@NDRRMA_Nepal) September 16, 2020 p>

याे भूकम्पको धक्का खाेटाङ, भाेजपुरसहितका पहाडी जिल्लामा पनि महसुस भएको छ। काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

उज्यालो हुने समयमा मानिसको चहलपहल हुन थालेका बेला भूकम्प गएको हाे। भूकम्पको धक्कापछि मानिसहरू घर बाहिर निस्किएका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.