|
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक।

काठमाडौं :  सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाई आज बिहानै दुई पटक भूकम्प गएको छ। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-९ राम्चे केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान पाँच बजेर २० मिनेटमा ६  म्याग्निच्युडको:१० मा ३.८ म्याग्निच्युडको को भूकम्प गएको हो। 

निरन्तर प्राकृतिक प्रकोपले लपेटेको सिन्धुपाल्चोकमा भूकम्पपछि फेरि पहिरोको त्रास बढेको छ। ०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकमा श्रृखंलाबद्ध विपत्ति भइरहेको बेलामा भूकम्पपछि पहिरोको जोखिम झनै बढेको बाह्रबिसे नगरपालिका-९ का वडाध्यक्ष सानु लामाले बताए। 

‘०७१ सालको जुरे पहिरो पनि यहीँ गएको थियो। आजको भूकम्पको केन्द्रबिन्दु नै यहीँ परेपछि स्थानीयमा थप पहिरोको त्रास थपिएको छ’ उनले थाहाखबरसँग भने, ‘भूकम्पले क्षति भएको जानकारी आएको छैन।  अहिले अवस्था सामान्य छ। तर, पहिरोको डर बढ्यो।’

०७१ सालको जुरे पहिरोमा १ सय ४५ जनाको मृत्यु भएको थियो। २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो। भूकम्पमा परेर सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७१ जनाको मृत्यु भएको थियो।

यसवर्ष पनि सिन्धुपाल्चोक जिल्लामा ठूलो मानवीय क्षति  भइसकेको छ। बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका, मेलम्ची नगरपालिका लगायतको क्षेत्रमा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको तथ्यांक छ।

क्षति छैन, सतर्क रहन निर्देशन

आज बिहान भएको भूकम्पले सिन्धुपाल्चोकमा कुनै क्षति नगरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए। ‘अहिलेसम्म क्षति भएको जानकारी आएको छैन, उनले भने, 'भूकम्पले जमिन हल्लाएपछि कमजोर बनाउनको सिन्धुपाल्चोक जिल्लामा पहिरो जानसक्ने भएकाले सबै सुरक्षा निकाय र स्थानीयलाई समेत सर्तक भएर बस्न आग्रह गरेको छु।'  

भूकम्पले धक्का लामो समयसम्म गरेको भए पनि त्यसबाट जलवीरेमा एक जना सामान्य घाइते भएको जानकारी आएको भए पनि थप केही जानकारी नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.