|

इलाम : सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि सबै क्षेत्रको समस्या समाधान हुने दावी गरेका छन्। बैशाख ३१ गतेका लागी तोकिएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि पाउने भएकाले लामो समयपछि जनताले आफ्ना अधिकारको प्रत्याभूत गर्ने अवसर पाएको उल्लेख गरे।

नेपालटारमा सातखाल्डे सहिद स्मृति फुटबलको समापनमा आएका उनले कर्मचारीहरुसँगको भेटमा संविधान कार्यान्वयमा सबै उत्तरदायी हुनपर्ने बताए। मन्त्री बुढाथोकीले भने ‘लामो समयको प्रयासपछि बनाइएको संविधान कार्यान्वयन गर्न सकेनौं भने कागजको खोस्टो भएर जान्छ। संविधान गीता, कुरान, वाइबलजस्तो सधै अपरिर्वतनीय होइन यसमा भएका कमी कमजोरीलाई सुधार गर्दै कार्यान्वय गर्नुपर्छ।’

 उनले जनताको संविधान आएकाले यसलाई कार्यान्वयन गर्नु अहिलेको मूल कर्तव्य भएको बताए। संविधानमा वुद्धिले भ्याएसम्म स्वायत क्षेत्र र विशेष क्षेत्रको मागहरु समेत लेखिएकाले आवश्यक परेमा परिमार्जन गर्न सकिने उल्लेख गरे।

कर्मचारीहरुलाई सम्वोधन गर्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वनसँग सँगै स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेकाले निर्वाचन भयो भने मात्र कर्मचारीहरुको मागको सुनवाइ हुने बताए। उनले भने ‘गाउँपालिका वा नगरपालिका जित्ने अध्यक्षलाई यति अधिकार दिइएको छ जुन उसको सार्मथ्य भन्दा पनि बढी हुन्छ, भोलि जित्ने अध्यक्ष कहिँ नदेखेको कुवाको भ्यागुतो पनि हुनसक्छ तसर्थ नीति नियम जानेका कर्मचारीहरुले उनीहरुसँग समन्वय गर्दै अघि बढनुपर्ने छ।’

कर्मचारीहरु देशको जिम्मेवार नागरिक पनि भएकाले चुनावमा पूर्ण सहयोगको अपेक्षा गरेको पनि मन्त्री बुढाथोकीले बताए। उनले संविधान कार्यान्वय र स्थानीय तहको निर्वाचनसँगै सबै समस्या हल भएर जानेमा आफू विश्वस्त रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.