|

ओखलढुङ्गा : किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। 

पीडित भनिएकी १६ वर्षीया किशोरीको आफन्तको उजुरीका आधारमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का तीनजनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये दुई जना १४, १६ र १८ वर्षका पुरुष रहेका छन्। उनीहरुले भदौ २४ गते किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप छ।

प्रहरी चौकी घोराखोरीको टोलीले आरोपितलाई पक्राउ गरी जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिं बस्नेतले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको र तीनमध्ये एकजनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक बस्नेतले बताए।

पीडित किशोरीको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको पीडितकी दिदीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.