|

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ। 

बुधबार सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीले गरेको छ। खेम्स क्लिनिङ र र्‍यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी सामाग्री पनि डिसइन्फेक्सन गर्न सकिने बताइएको छ।

कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरू समेत डिसइन्फेक्सन गर्न सकिने बताए।

३० सेकेण्डदेखि ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उनले बताएका छन्। मेसिन न्यूरोडस्थित कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो। 

कोरोना भाइरसले अहिले विश्‍व नै आक्रान्त बनिरहेका बेला पैसा लगायत दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.