|

काठमाडौं : संवैधानिक आयोगहरुमा रिक्त पद पूर्तिका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच बिहीबार छलफल हुने भएको छ। उक्त छलफलमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे पनि परामर्श हुने भएको छ। 
    

प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार बिहान भएको भेटवार्तापछि यस्तो निर्णय भएको हो। 

दुई अध्यक्षबीचको छलफलपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरिएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन्।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सकिएपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरेका छन्। उनीहरुले सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरिसकेका छन्। 

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा आज पनि भेटवार्ता भएको जानकारी दिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्‍न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त छन्। यो स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.