समाज

नलगाड नगर-१० का वडा सचिवको मृत्यु

भदौ ३१, २०७७

    जाजरकोट :  नलगाड नगरपालिका-१० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ। कार्यक्षेत्रमा काम गरिरहेको समयमा बुधबार बिहान मृत्यु भएको हो।

    रुकुम पश्चिम सानीभेरी गाउँपालिका १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड १० मा कार्यरत थिए। निरन्तर ज्वरो आउने, श्‍वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए। मृतक रोकाको स्वाब संकलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ।

       

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]