|

काठमाडौं : भोलि विश्वकर्मा पूजा। कोरोना संकटबीच उपत्यकाका ठाउँ ठाउँमा पूजाको तयारी गरिएको छ। त्यसका लागि विभिन्‍न स्थानमा मूर्तिहरू बनाइएको छ। कोरोना महामारीका कारण अघिल्ला वर्षभन्दा मूर्तिको माग घटेको छ। गत वर्ष यही समयमा एकै ठाउँमा २ सयको हाराहारीमा मूर्ति बन्‍ने गरेका थिए।

कोरोनाको त्रासले मूर्तिको व्यापारमा पनि असर परेको छ। विश्वकर्मा बाबाका मूर्ति ७ हजारदेखि ३५ हजार बेचिन्छ। एक महिना अगाडिदेखि मूर्ति बनाउन थालिएको हो। कालीगढको अभाव हुँदा माग अनुसार मूर्ति बनाउन नसकिएको व्यवसायीले बताएका छन्। घर गएका कालीगढहरू कोरोना त्रासले काठमाडौं आउन नपाउँदा समस्या भएको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.