|
दमक नगरपालिकाको कार्यालय

दमक : एक कर्मचारीलाई कोरोना भाइरस पुष्टि भएपछि दमक नगरपालिकाको लेखा शाखा असोज ४ गतेसम्मका लागि शाखा बन्द गरिएको छ।

नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको नगरपालिकाको बैठकले ती कर्मचारीको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने र परीक्षणको नतिजा नआएसम्म आइसोलेसनमा पठाउने निर्णय गरेको हो। बुधबार दमकमा १ महिलासहित ८ जना संक्रमित थपिएका हुन्।

यीसँगै दमकमा कोरोना संक्रमितको संख्या १ सय ३७ पुगेको छ भने १ सय जना संक्रमण मुक्तसमेत भइसकेको नगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य कुवेर भट्टराईले जानकारी दिए।

गत भदौ २६ गते होम क्वारेन्टिन, क्वारेन्टिन, स्वास्थ्यकर्मी, शंकास्पद बिरामी, अग्रपंक्तिमा रहेका कर्मचारी र कन्ट्याक ट्रेसिङको आधारमा जम्मा ९६ जना व्यक्तिको पिसिआर परीक्षणका लागि गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

तीमध्ये ९२ जनाको रिपोर्ट आइसकेको छ। जसअनुसार कन्ट्याक ट्रेसिङमार्फत ५ जना र अग्रपंक्तिका ३ जना क्रमशः ८, १९, २५ ४७, वर्षीय पुरुष, १४ वर्षीय महिला र ४४, ४७, ५०,वर्षीय, पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको र बाँकी ८६ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले जानकारी दिएकी छन्। परीक्षणका लागि नमुना पठाइएमध्ये ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

यस्तै, नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनबमोजिम संक्रमण भई आइसोलेसनमा रहेका व्‍यक्तिलाई १४ दिनसम्म पनि कुनै लक्षण नदेखिएमा १५औँ  दिनमा डिस्चार्ज दिने पनि निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.