अर्थ

लगानी सम्मेलनमा चीनका प्रतिनिधि धेरै, भारतबाट अर्थमन्त्री आउने
SHARES

फागुन १५, २०७३

    काठमाडौं : फागुन १९ र २० गते काठमाडौंमा हुने नेपाल लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनका प्रतिनिधि सहभागी हुने भएका छन्। सम्मेलनमा संस्थागत र व्यक्तिगत लगानीकर्तासहित ८९ जना प्रतिनिधि सहभागी हुँदैछन्। त्यस्तै भारतका २१ र श्रीलंकाका २०, मलेसिया १४, जापान १३ र क्यानडाका १२ जना प्रतिनिधिले सहभागीता जनाउने उद्योग मन्त्रालयले जानकारी दिएको छ।

    सम्मेलनमा नेपालमा लगानी सम्भावनाका क्षेत्र,  लगानी आकर्षित गर्न नेपालले अगाडि बढाएका नीतिगत,  प्रशासनिक एवं कानुनी सुधारका प्रयास तथा लगानीको तुलनात्मक लाभबारे प्रस्तुति तथा छलफल हुनेछ।

    विदेशी तथा स्वदेशी लगानीकर्ता, नेपालमा रहेका विदेशी लगानीकर्ता, कुटनीतिक नियोग, विकास साझेदार संस्था, निजी क्षेत्र आदिलाई लक्षित गरेर सम्मेलन आयोजना गरिएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए।

    लगानी सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनको प्रमुख वक्ताको रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली आउने भएका छन्। त्यस्तै एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वान पनि सहभागी हुन्छन्।

    सम्मेलनमा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा विषयगत सत्रहरुमा छुट्टाछुट्टै कार्यपत्र पेश हुनेछ।

    सम्मेलनका लागि भारत, चीन, वंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, इटली, जापान, रसिया, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्याण्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका २५० संस्थागत र व्यक्तिगत लगानीकर्ताले सहभागिताको प्रतिवद्धता जनाएका छन्। त्यस्तै ३०० स्वदेशी लगानीकर्ता,नीति निर्माता र विज्ञहरु पनि सम्मेलनमा सहभागी हुनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]