अर्थ

नेपालको प्रस्ताव : सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाऊँ

भदौ ३१, २०७७

    काठमाडौं : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठक भएको छ।

    बिहबार भएको उक्त भर्चुअल बैठकमा नेपालले कोभिड-१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै  सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनुपर्ने प्रस्ताव गरेको छ।

    मनिलास्थित एशियाली विकास बैंक (एडिबी)को प्रधान कार्यालयमा बैंकको ५३ औँ वार्षिक बैठकका सन्दर्भमा सार्क सचिवालय र एडिबीको समन्वयमा अप्रत्यक्षरुपमा भएको उक्त बैठकमा नेपालले  संयन्त्रको क्रियाशीलता तथा कोभिड-१९ को प्रभावबाट मुक्त हुन सदस्य राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी अभिवृद्धि अपरिहार्य वास्तविकता औँल्याएको हो ।

    अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भाग लिए। 

    उनले बैठकमा महामारी रोकथाम, नियन्त्रण र उपचारमा सबै सदस्य मुलुक सक्रिय रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्र सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्न सकिने बताए।

    'सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउँदै आर्थिक पुनरुत्थान रणनीति निर्धारण, निर्धन र रोजगारी गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधारका साथै उनीहरुको मनोसमाजिक समस्या सम्बोधन गर्नुपर्ने आवश्यकता छ', उनले भने। 

    बैठकमा मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नाका साथै त्यसको अध्यक्षता पनि गर्नुभएको थियो । नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा एडिबीको संस्थापक सदस्य हो।

    सार्कका महासचिव इसाला विराकुनले दक्षिण एशियाली अर्थतन्त्रको पुनरुत्थानका लागि सदस्य मुलुकबीच समन्वय गर्न सचिवालय प्रतिबद्ध रहेको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]