|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। 

जन्मदिनको शुभकामना दिँदै ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देशमा सुस्वास्थ्य र खुशीको कामना गरिएको छ।

 

सन् १९५० को सेप्टेम्बर १७ मा जन्मिएका मोदी ७० वर्ष पुगेका छन्।  १३ वर्ष गुजरातको मुख्यमन्त्री भएका उनी हाल भारतको प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालमा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.