|

काठमाडौं : पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारले दुई वटा खेल खेल्न नपाउने भएका छन्।​ मार्सेलीसँगको खेलमा भएको विवादपछि रातो कार्ड पाएका नेमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो।

तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेमारको आरोपको छानबिन गर्ने जनाएको छ। गत आइतबार राति भएको खेलमा पिएसजीका तीन र मार्सेलीका दुई गरी पाँच खेलाडीले इन्जुरी समयमा रातो कार्ड पाएका थिए।​ मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा हिर्काएका कारण नेइमारले रातो कार्ड पाएका थिए।​

नेमारले त्यसपछि आफूमाथि अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल मार्फत पनि सो आरोप लगाउँदै छानबिनका लागि माग गरेका छन्।​ अल्भारोले भने नेमारको आरोप अस्वीकार गरेका छन्। नेइमारसँगै रातो कार्ड पाएका अरु चार खेलाडीमाथि पनि प्रतिबन्ध लागेको छ।

पिएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेलका लागि निलम्बित गरिएको छ। यस्तै पिएसजीका लियान्ड्रो पारेडेस पनि दुई खेलका लागि प्रतिबन्धित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.