|

काठमाडौं : झण्डै ६ महिनादेखि बन्द रहेको लामो दूरीको यातायात सेवा सरकारले आजदेखि खुलाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो बसपार्क, नयाँ बसपार्कमा आवश्यक तयारी थालिएको छ। बसपार्कलाई अत्याधुनिक बनाउन थालिएको छ। 

बसपार्क व्यवस्थापनको जिम्मा पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले गाडीहरूको विवरण संकलनदेखि टिकट काट्ने र बसपार्कलाई रंगरोगन गर्ने कार्य गरिरहेको छ। अब टिकट लिन जाने यात्रुहरूले आफ्नो गन्तव्य डिजिटल बोर्डमा हेरेर बस छुट्ने समय, बसमा खाली रहेका सिटबारे जानकारी पाउनेछन्।

अब यात्रुलाई कुन गाडीमा जाने, कुन सिटमा बस्ने, कुन कुन सिट खाली छ लगायतका जानकारी डिजिटल बोर्डमै हेरेर थाहा पाइने  व्यवस्था मिलाइएको लोत्सेका आइटी प्रमुख मनिष भट्टराईले बताए। 

टिकट काउन्टरलाई सिसाले बारिएको छ, टिकट लिन सानो प्वाल मात्र छ। त्यहाँ बस्ने कर्मचारीले अनिवार्य मास्क लगाउनेछन्। लामो दूरीका यातायात खुल्ने भएपछि आज बिहान हामी बसपार्क पुग्दा  रौनक देखिन्थ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.