|

कञ्चनपुर : बोर्डर आउट पोष्ट  गड्डाचौकीमा खटिएका पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधवार उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

कोरोनाको संक्रमण हुनेमा ३३,३५,३७,२७ र ३४ वर्षीय जवान रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए। उनका अनुसार कोरोनाको संक्रमण देखिएका पाँचै जानाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

कोरोना संक्रमित पाँचै जवानलाई उपचारका लागि महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ।

परीक्षणको क्रममा भगतपुर ब्यारेकका एकजना सेनाका जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई समेत महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ।

बुधवार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका आठ जनामा कोरोनाको संक्रमण देखिएको थियो। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतलमा पाँच सय ३० जनाको परीक्षण गरिएकोमा ६९ जनामा कोरोनाको संक्रमण देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.