|

आइपिएलको १३ औं सिजन १९ सेप्टेम्बर (पर्सि) देखि युएईमा सुरु हुँदैछ। हालसम्मका १२ सिजनमा केवल पाँच टिमले मात्रै उपाधि उचाल्न सकेको र यसपटक कोरोना महामारीका कारण खेल जगत पनि प्रभावित भएकाले नतिजा कस्तो आउँछ भन्नेमा निकै चासो बढेको छ।

अहिलेसम्मका १२ सिजनमध्ये ४ पटक मुम्बई इन्डियन्स र ३ पटक चेन्‍नई सुपर किंग्सले उपाधि जितेका छन्। डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स् पाँचौ उपाधिको खोजीमा मैदान उत्रिँदा सर्वाधिक फाइनल अनुभव बटुलेको चेन्‍नई आफ्नो विरासत कायम राख्ने ध्याउन्नमा हुनेछ।

त्यस्तै आइपिएलमा कोलकाता नाइटराइडर्स २ पटक च्याम्पियन बन्दा सनराइज हैदरावादले पनि समान २ पटक उपाधि उचालेको छ। त्यस्तै राजस्थान रोयल्सको नाममा एक उपाधि रहेको छ।

लिगमा अहिलेसम्म किङ्ग्स इलाभेन पन्जाब सन्‌ २०१४ मा एक पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन। त्यस्तै रोयल च्यालेञ्जर्स बेंगोल (आरसिबी) २००९, २०११ र २०१६ मा फाइनल पुगे पनि उपाधिविहीन नै छ। त्यस्तै, दिल्ली क्यापिटलले अहिलेसम्म फाइनल अनुभव नै हासिल गरेको छैन्। एक संस्करण पनि फाइनल नपुग्ने दिल्ली एक्लो टिम हो। 

चेन्‍नई सर्वाधिक ८ पटक फाइनलमा

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्‍नई सुपर किंग्स सर्वाधिक धेरै ८ पटकसम्म फाइनल पुगेको छ। त्यसपछि मुम्बई ५ पटक फाइनलमा पुग्दा आरसिबी ३ पटक फाइनल पुग्न सफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.