|

बाँके : सरकारले असोज १ गतेदेखि लामो दूरीका यातायात सञ्‍चालन गर्ने निर्णय गरेपछि बाँकेका यातायात व्‍यवसायी खुसी भएका छन्। झण्डै ६ महिनापछि लामो दूरीका यातायात सञ्‍चालन गर्न पाउने भएपछि खुसी भएका यातायात व्‍यवसायीहरू गाडी मर्मत, सम्भारमा जुटेका छन्।

लामो दूरीका यातायात सञ्‍चालनमा आउने भएपछि नेपालगन्ज बसपार्कमा चहलपहल बढेको छ।

असोज १ गते नै विश्वकर्मा पूजा र सोही दिनदेखि लामो दूरीका यातायात सञ्‍चालन गर्न पाउने भएपछि नेपालगन्ज बसपार्कमा यातायात ब्यवसायीहरु गाडी मर्मत र पूजापाठमा जुटेका छन्। यातायात समितिले आज क्वी फ्रि दिएकोले अधिकांश बस मालिकले भोलि २ असोजदेखि बस सञ्‍चालन गर्ने बताए। आज गाडीको मर्मत, सम्भार र विश्वकर्माको पूजा गरि भोलीदेखि नियमित रुपमा बस चलाउँछौँ,’ नेपालगन्ज–जुम्ला सञ्‍चालन हुने बस धनी मदन विष्टले भने।

लामो दूरीका यातायात सञ्‍चालनमा आउने भएपछि धेरै राहत मिलेको अर्का बस धनी महेन्द्र विकले बताए। उनले अव खान पाउने आशा जागेको बताए।

लामो समयसम्म बस सञ्‍चालन नहुँदा उधारो गरि खाएको बताउँदै उनले अव केहि आशा पलाएको बताए।

नेपालगन्ज–काँकडभिट्टा चल्ने बसका सह–चालक विशाल थापाले पनि लामो दूरीको बस सञ्‍चालन गर्न दिने सरकारको निर्णयले राहत मिलेको बताए। उनले लामो समयदेखि बेरोजगार भएको बताए। बेरोजगार भएर भोको बस्नु हो कि भन्ने थियो। अब भात खान पाइन्छ कि भन्ने भएको छ,’ उनले भने।

नेपालगन्ज बसपार्क व्‍वस्थापन समितिले आ–आफ्नो सवारीसाधन आ–आफ्नो रुटमा लगाउन निर्देशन दिइसकेको छ। भोलीदेखि नम्बरमा बस सञ्‍चालन हुने भएको भेरी यातायात बस व्‍यवसायी समितिका अध्यक्ष डेकनाथ गौतमले बताए। आज पहिलो दिन हो। आजै विश्वकर्मा पूजा परेकोले असोज २ गतेबाट नियमित रुपमा सञ्‍चालन गर्ने भएका छौँ,’ उनले भने।   

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.