निर्वाचन हारेका गौतम र श्रेष्ठ राष्ट्रियसभामा

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका सबै सदस्य संसद प्रवेश गरेका छन्। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित सदस्यमा राष्ट्रियसभामा प्रवेश गराएपछि सचिवालयको सबै सदस्य संसद प्रवेश गरेका हुन्। 

बर्दियाबाट प्रत्यक्ष निर्वाचनमा पराजित भएका उपाध्यक्ष गौतमलाई आजै राष्ट्रियसभामा प्रवेश गराइएको हो। उनले राष्ट्रियसभा सदस्यको सपथ समेत ग्रहण गरिसकेका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। त्यसअघि भदौ १८ गतेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रियसभा सिफारिस गर्ने निर्णय गरेकोे थियो। 

आजबाट उपाध्यक्ष गौतम संसद प्रवेश गरेपछि नौ सदस्य रहेको सचिवालयमा सबै संसद प्रवेश गरेका हुन्। यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठ फागुनमा भएको राष्ट्रियसभाका निर्वाचनबाट संसद प्रवेश गरेका थिए।

उनले प्रत्यक्ष तर्फको निर्वाचनमा गोरखाबाट डा. बाबुराम भट्टराईसँग हार व्यहोरेका थिए। प्रवक्ता श्रेष्ठ संसद गएपछि उपाध्यक्ष गौतम मात्रै संसद बाहिर थिए।

सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.