|

धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँमा भूकम्पले चर्किएको एक घर भत्किएको छ। बुधबार बिहान ५:२० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले चर्किएको पृथसिंह दाहालको तीन तले घर भत्किएको हो।

लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको जगैदेखि भत्किएको हिले प्रहरी चौकीका प्रमुख सन्तोष मगरले जानकारी दिए। घर भत्किँदा घरमा कोही पनि नभएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

केही दिनदेखिको अविरल वर्षाको कारणले कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो।

घर भत्किँदा करिब ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घरमा रहेका सुनचाँदी, फर्निचर, लुगाकपडा, कम्प्युटर लगाएका सामान पूर्णरुपमा क्षति भएको हिले प्रहरी चौकीका प्रमुख मगरले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.