परराष्ट्रमन्त्री भन्छन् : सरकारका राम्रा काम देख्‍न नचाहने प्रवृत्ति छ

|

गुल्मी : परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एमसीसी परिमार्जनसहित पास हुने बताएका छन्। 

नेपाल पत्रकार महासंघ गुल्मीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जनसहित पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरे। 

एमसिसी परियोजनाबारे केही अस्पष्ट भएकाले त्यसमा स्पस्ट हुँदै केही बुँदाहरूलाई परिमार्जन गरी पास गरिने मन्त्री ज्ञवालीले बताए। 

एमसिसीबारेमा नबुझी धेरै हल्ला फैलाएको भन्दै त्यसको पछि नलाग्न समेत उनले आग्रह गरे । ‘केही तत्वहरुले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आएर हस्तक्षेप गर्छ भनेर हल्ला फैलाए’, उनले भने, ‘पहिले एमसीसीबारे स्पस्ट हुन आग्रह गर्छु।’

भूमि फिर्ता हुन्छ

फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले मिचिएको भूमि फिर्ता ल्याउन निरन्तर रुपमा भारतलाई घचघच्याई रहेको बताए। ‘भारतसँग निरन्तर कुटनीतिक तवरबाट संवाद र छलफल भइरहेको छ’, उनले भने, ‘नेपाली भूमि फिर्ता गराएरै छाड्छौँ।’

सरकारले सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र सुरक्षालाई  मजबुत बनाएको मन्त्री ज्ञवालीले बताए । नेपाली भूमिमा कसैले पनि आँखा लगाउन नहुने भन्दै एक इन्च पनि नछाड्ने उनले बताए।

पछिल्लो समय केही तत्वहरुले सरकारले गरेका राम्रा कामलाई नकारात्मक रुपले लिने गरेको बताए। ‘राम्रा कामहरु सुन्न र देख्न पनि नचाहने प्रवृत्ति छ’, उनले भने, ‘यस्ता प्रवृत्तिलाई अन्त्य गर्दै एकजुट भएर नेपालको विकास र आर्थिक समृद्धिमा लाग्नु पर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.