केन्द्रीय मन्त्री नितिन गड्करी पनि संक्रमित

|

नयाँदिल्ली : भारतमा कोरानोभाइरसबाट संक्रमितहरुको संख्या ५१ लाख नाघेको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार यहाँका संक्रमितको संख्या ५१ लाख १८ हजार २५४ जना पुगेको हो ।

भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८९४ जना थप संक्रमित थपिएका पनि बताइएको छ ।सोही अवधिमा एक हजार १३२ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा देशभरि अहिलेसम्म कुल संक्रमितमध्ये कोरोनाकै कारण मृतकको संख्या ८३ हजार १९८ जना पुगेको छ ।  भारतमा कुल संक्रमितमध्ये नौ लाख १० हजार ९ हजार ९७६ जना अझै पनि अस्पतालमा उपचाररत या आइसोलेसनमा रहेका छन् ।

त्यस्तै ४० लाख २५ हजार ८० जना संक्रमणमुक्त भइसकेका छन् । सो मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने अनुपात करिब ७९ प्रतिशत रहेको छ । निको हुने यो दरलाई भारतीय अधिकारीहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।    
 
भारतमा अहिलेसम्म ६ करोडभन्दा बढी नागरिकमा कोरोना भाइससम्बन्धी पिसिआर परीक्षण गरिएको बताइएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले भारतमा हिजोमात्र ११ लाख ३६ हजारभन्दा बढीको परीक्षण गरिएको बताएका छन् ।     

केन्द्रीय मन्त्री संक्रमित

भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उनले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। 

उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र  सतर्कता अपनाउन पनि आह्वान गरेका छन्। 'मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,' उनले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.