|

बाँके : कोरोना संक्रमण भएका थप एक जनाको बिहीबार मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ५ः१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। 

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई २९ भदौमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बुधबार भेन्टिलेटर सहितको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो। 

उनको दुवै फोक्सोमा निमोनिया भएको भेरी अस्पतालका कोरोना अस्पताल ब्यवस्थापन संयोजक डा. श्यामसुन्दर यादवले जानकारी दिए। बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

यहाँ कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ४६ रहेको छ। जसमध्ये एक हजार एक सय ३२ जना डिस्चार्ज भइसकेका छन्। भने चार सय ६ जना आइसोलेसनमा छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.