|

दाङ :  दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका ३ का १८ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शुक्रवार बिहान करिब साढे २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ठक्करबाट घाइते भएका कुँवरको ढिलागरी मात्रै उद्दार भएको थियो।

बिहान ७ बजेर १५ मिनेटमा लमहीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.